सरकारलाई जनताको दबाव बारामा मानव साङ्गलो प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकारलाई जनताको दबाव बारामा मानव साङ्गलो प्रर्दशन

श्याम गुप्ता
बारा , २० फागुन
अन्र्तराष्ट्रिय विमानस्थल , फास्ट ट्र¥याक लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण गर्न सरकारले ढिलाई गरि रहेको भन्दै स्थानीयहरुले शुक्रवार दिउँसो बाराको निजगढ र पथलैयामा मानव साङ्गलो प्रर्दशन गरेका छन् । ब्यस्त राजमार्गको बाराको निजगढ र पथलैया सडकको तीन किलोमिटर भन्दा लामो राज मार्गमा मानव साङ्गलो प्रर्दशनले ढाकेको थियो ।

फास्ट ट्र¥याक (दु्रतमार्ग) का लागि के.पी ओली प्रधानमन्त्रि भएका बेला १० अर्व र निजगढमा बन्ने अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियाबस्ती स्थान्तरण र जग्गाको मु आब्जाका लागि दुई अर्व रकम विनियोजन भई सकेपनि अहिलेको सरकारले काम नगरी भाषण मात्रै गरेर हिड्ने गरेको कार्यक्रममा सहभागी वक्ताहरुको भनाई छ ।
पथलैया बिकास संघ , सार्वजनिक सरोकार समिति निजगढ , अन्र्तराष्ट्रिय विमानस्थल फास्ट ट्र¥याक (दु्रतमार्ग) तथा हुलाकी मार्ग सरोकार समिति कोल्हवी , अन्र्तराष्ट्रिय विमानस्थल फास्ट ट्र¥याक (दु्रतमार्ग) सरोकार समिति काठमाण्डौंको आयोजनामा उक्त बृहत मानव साङ्गलो प्रर्दशन गरिको हो ।
सरकालाई दवाव दिने उद्देश्यले प्रदर्शनकारीहरुले बिभिन्न नारा लेखिएको प्ले कार्ड सहिँत नारा लगाउँदै राजमार्गमा केहि बेर चक्का जाम समेत गरेका थिए ।    

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);