काठमाडौं, २८ वैशाख । भारतले नेपालको भूमि अतिक्रमणलाई निरन्तरता नै दिएको छ । भारतले कालापानी क्षेत्रको लिपुलेक हुँदै मानसरोवर जाने पक्की बाटो नेपाली भूमिबाट बनाउँदा पनि सरकारले थाहा पाएन । पक्की सडक बनाएर भारतीय रक्षमन्त्रीले औपचारिक उद्घाटन गरेको भिडियो सार्वजनिक भएपछि मात्र नेपालमा यसबारे अहिले फेरी चर्चा भएको छ । भारतको हेपाह र मिचाह प्रवृत्ति विरुद्ध विद्यार्थी संगठनहरुले सांकेतिक विरोध प्रदर्शन शुरु गरेका छन् । राजधानीमा गरिने सांकेतिक विरोधले मिचिएको नेपाली भूमि फिर्ता होला ? मिचिएको नेपाली भूमि फिर्ता गर्न विद्यार्थी संगठनको अबको भूमिका के होला ? सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका पूर्वउपाध्यक्ष रश्मि आचार्य र नेविसंघ महामन्त्री बलदेव तिमल्सिनासँग गरिएको अन्तर्वार्ता :
नेपालीको भूमि मिचिंदा विद्यार्थी संगठन कता हराए ?
नेविसंघ : सरकार सुत्यो, हामी उठाउँदैछौं ?
अनेरास्ववियू : सुतेका छैनौं,सडकमा आन्दोलन गर्दैछौं ।
नेपाली भूमिमा त्यत्रो पक्कि सडक र पुल भारतले बनाउँदा पनि न सरकारले थाहा पायो, न विद्यार्थी संगठनले ?
अनेरास्ववियू : यो अहिलेको मात्र समस्या हो र ? पहिलेदेखि कै हो नि । अहिलेको सरकारले हेरेन भनेर आरोप गर्नु राम्रो हुँदैन । कुटनीतिक पहल गरेर समाधान गरिनु पर्छ ।
नेविसंघ : सरकार लम्पसारवाद भयो । राष्ट्रवादी सरकार भनेर दावी गर्नेले भारतीय हस्तक्षेप रोक्न सकेन । पहिलेको सरकारले नसकेर त अहिले अर्कै सरकार बनेको हो नि । रोक्नु पर्नेमा रोक्न सकेन ।
भारतले मिचेको नेपाली भूमि अब के हुन्छ ? विद्यार्थी संगठनको भूमिका के ?
अनेरास्ववियू : हामी सडक र संगठन भित्रैबाट सरकारलाई दवाव दिन्छौं । पहिले पनि दवाव दिएकै हो । अब पनि दवाव दिन्छौं, मिचिएको भूमि फिर्ता गराएरै छोड्छौ ।
नेविसंघ : अब हामी चुप लाग्दैनौ । राजधानीमा मात्र होइन प्रभावित क्षेत्रमा पनि हामी दवाव दिन विद्यार्थी संगठन एक हुन्छौं । सरकारले खुटृा कमाउनु भएन ।
पूरै अन्तर्वार्ता तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।




