कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई लम्व्याउन सिफारिस गरेको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई लम्व्याउन सिफारिस गरेको छ

काठमाडौं, २३ वैशाख | मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको हो ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।

लकडाउन कति समय थप हुन्छ भन्ने विषयमा सचिव बिडारीले केही नभनेपनि ‘ जारी लकडाउन लम्बिने बताउनुभयो । लकडाउन कति दिन लम्व्याउने भन्ने बिषयमा बुधवार बस्ने मन्त्रिपरिषद बैठकले टुंगो लगाउने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);