एक करोड ९ लाख भारतीय रुपैंया सहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एक करोड ९ लाख भारतीय रुपैंया सहित दुईजना पक्राउ

pakrau

मोरङ, २३ वैशाख । मोरङमा सशस्त्र प्रहरीले दुईजना भारतीय नागरिकलाई एक करोड नौ लाख भारतीय रुपैंया सहित पक्राउ गरेको छ । मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा अवैध एक करोड नौ लाख ७९ हजार भारतीय रुपैंया फेला पारेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुपौलका रवि कुमार र पप्पु कुमार रहेका छन् । उनिहरुले विराटनगरमा सामान लोड गरेर भारतको सिलुगुडी लग्न लागेको बयान दिएको बताइएको छ ।

लकडाउनको बेला सीमा नाका सिल भएपनि अत्यावश्यक वस्तुको ढुवानीका लागि भन्दै उक्त ट्रक भारतबाट नेपाल भित्रिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);