लकडाउन झन् कडा पार्ने सरकारको निर्णय, नमान्नेलाई ६ महिनसम्म कैद | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

लकडाउन झन् कडा पार्ने सरकारको निर्णय, नमान्नेलाई ६ महिनसम्म कैद

covid-committee nepal

काठमाडौं, १६ चैत । भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा  हिँड्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । आइतबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताउनुभयो ।

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ ।

ताजा समाचार