श्रमिकको पीडाप्रति संवेदनशील छु, भोकै बस्नु पर्दैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

श्रमिकको पीडाप्रति संवेदनशील छु, भोकै बस्नु पर्दैन : प्रधानमन्त्री ओली

pm kp sharma oli

काठमाडौं, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो हकहित अधिकार ता स्वतन्त्रलाइ सुनिश्चित गर्नका लागि विश्वभरीका श्रमजिविहरुलाई एकताको सुत्रमा बाध्न सहयोग पुग्ने अपेक्षा लिएको बताउनु भएको छ ।

आज मे एक तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति भण्डारीले दिनु भएको सुभकामना सन्देशमा नेपालको सविधानले संपुर्ण नागरिकहरुका लागि रोजगारीका हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षको हकलाई सुसनश्चित गरेको राष्ट्रपति भण्डारीका विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा दुःख व्यक्त गर्नु भएको छ । उहाँले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताउनु भएको छ । अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गर्ने ,आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताउनु भएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै अहिलेको कठिन समयमा अहिले पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा भएको बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);