कोरोना भाइरस: अमेरिकामा २४ घण्टामा २६ हजार ७७ जना संक्रमित (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोरोना भाइरस: अमेरिकामा २४ घण्टामा २६ हजार ७७ जना संक्रमित (अपडेट)

40 americans coronavirus

एजेन्सी, २ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६ सय ३४ पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेकोे हो ।

अमेरिकामा संक्रमितमध्ये ३६ हजार २ सय १८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् । अमेरिकापछि सबैभन्दा बढी इटालीमा २० हजार ४ सय ६५ को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक लाख ५९ हजार नाघेको छ । त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार कटेको छ । फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ९ सय पुगेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । त्यस्तै १९ लाख २३ हजार संक्रमित हुँदा ४ लाख ४४ हजार निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);