काठमाडौं, २२ चैत । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखीएको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । ती मध्ये ८ जना विदेशबाट फर्किएका छन भने एकजना नेपालभित्रकै व्यक्ति हुन् ।
भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कैलालीकी महिला यसअघि संक्रमित व्यक्तिका आफन्त हुन् । नेपालभित्र रहेका व्यक्तिमा भेटिएको यो पहिलो सक्रमण हो ।
मन्त्रालयले तीनै जनामा संक्रमण पुष्टी भएको जनाउँदै उनीहरुलाई क्वारेन्टाईनमा राखीएको जनाएको छ ।