गोपालबहादुर खड्कालाई तत्काल निलम्वन गरी कार्वाही गर्न वाईसियलको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाण्डौँ, १ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसियलले भ्रष्टाचारको विवादमा तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई तत्काल निलम्वन गरी कार्वाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।

 

वाईसियलले आईतबार आपूर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापन पत्र बुझाउँदै भ्रष्टाचारको विवादमा तानिएका निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गरी तत्काल कार्वाही प्रक्रिया अघि बढाउन माग गरेको हो । भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहँदै आएका आयल निगमका कार्यकारी निर्देशक खड्का र निगमको जग्गा खरिद सम्बन्धि निर्णय प्रक्रियामा संलग्न सबैलाई निलम्बन गरि कार्वाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्नु परेको आईसियलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

 

वाईसियलले आयम निगमका कार्यकारी निर्देशक खड्काले मनपरी ढंगले आर्थिक अनियमितता गर्दा पनि सरकारले कार्वाही प्रक्रिया अघि नबढाएकोमा आक्रोश पनि व्यक्त गरेको छ । त्यस अवसरमा आपूर्ति मन्त्री मण्डलले पनि दोषीमाथि कडा कार्वाही हुने प्रतिवद्धता व्यक्त गरे । उनले संसदीय समितिहरुको प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियाले पनि आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको देखिएको उल्लेख गर्दै सरकारले दोषीलाई उम्कन नदिने दृढता पनि व्यक्त गरे ।

 

आयम निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिद गर्दा ठूलो आर्थिक चलखेल भएको संसदीय समितिहरुले पनि निष्कर्ष निकालेपछि मन्त्री मण्डलले उनीहरुलाई कार्वाहीको दायर ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । आपूर्ति मन्त्रालयले सो सम्बन्धमा आफूले तयार पारेको अनुसन्धान प्रतिवेदन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);