बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु

woman dead

रुपन्देही, १६ माघ । रुपन्देहीमा बोराले च्यापेर एकैपरिवारका चार जनाको ज्यान गएको छ । बोराको थुप्रोले च्याप्दा भारत बिहारका ३० बर्षिय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अबस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो ।

घरको सटर भित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);