मानवअधिकारको अवस्था सन्तोषजनक भएन : एम्नेस्टी इन्टरनेशनल | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

मानवअधिकारको अवस्था सन्तोषजनक भएन : एम्नेस्टी इन्टरनेशनल

amnesty

काठमाडौं, १६ माघ । एम्नेस्टी इन्टरनेशनल नेपालले नेपालमा अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक नभएको जनाएको छ । बिहीबार एशिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको जनाएको हो ।

सरकारले संवैधानिक आयोगमा पदाधिकरी नियुक्त गर्न नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खालका कानून ल्याएको उल्लेख गर्दै एमनेस्टीले नेपालमा मावनअधिकारको अवस्था सुधार हुन नसकेको जनाएको छ ।

सरकारले अभिव्यक्ति स्वतन्त्रताको संकुचित गर्नेगरी मिडिया काउन्सिल,सूचना प्रविधि विधेयक ल्याएको, उहाँले बताउनुभयो । द्वन्दकालीन न्यायका लागि आयोगहरु गठन भएको १३ वर्ष भएपनि पीडितहरुले न्याय नपाएको, र आयोगहरुमा समेत राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गरेको पाइएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);