दाङको कारागार बन्यो ज्ञानज्योति विद्यालय ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दाङको कारागार बन्यो ज्ञानज्योति विद्यालय !

karagar bidhyala

दाङ, १६ माघ ।  कुनै कैदीलाई कैद भुक्तान गराउनु भनेको उसलाई सुधार्नु हो । तर नेपालका अधिकांस कारागारले यातना गृहको काम गरेको आरोप लाग्ने गरेको छ । अहिले यो आरोपलाई चिर्दै कारागार शाखा घोराहीलाई ज्ञानज्योति विद्यालय नामाकरण गरी कैदीलाई पढाउन शुरु गरिएको छ ।

टिनले बारेको सानो कोठाको भित्तामा नेपाली बर्णमाला टाँगिएको छ । अटाई नअटाई केही पढ्न चाहाने युवाहरुले केही लेख्दै छन भने एक जना शिक्षक युवकले पढाइरहेका छन् । सुन्दा यो कुनै ग्रामिण क्षेत्रको विद्यालय जस्तो लाग्न सक्छ तर यो कारागारमा रहेको विद्यायालय हो । कारागार शाखा घोराहीमा सुंरु गरिएको बिद्यालयमा ३० जना कैदीबन्दीले विद्यार्थीको रुपमा नियमित अध्ययन गरीरहेका छन् ।

कैदी बन्दीहरुलाई शिक्षा दिने उद्देश्यले कारागारमा विद्यालय स्थापना गरीएको हो । कैद भुक्तानी गर्दा पढ्न नपाएकाहरुका लागि कारागार भित्र सञ्चालन गरीएको ज्ञानज्योति विद्यालय बरादान साबित भएको छ ।
karagar bidhyala1
विगत १२ वर्षदेखि कैदीको जीवन काटिरहेका अंग्रेजी विषयमा अध्ययनरत कैदी प्रेम चौधरी पनि कारागारमा पढ्न पाउने अवसर प्राप्त भएकाले खुसी हुनुहुन्छ । पढ्न नपाएका ६५ वर्षीय अम्मरबहादुर यादवले कागजपत्रमा ल्याप्चे लगाउने बाध्यता थियो । तर कारगार भित्र पढ्न शुरु गरेपछि हस्ताक्षर गर्न सक्ने र हिसाव किताव गर्न सक्ने हुनुभएको छ ।

karagar bidhyala2

अनौपचारीक शिक्षा दिनका लागि कारागार भित्र विद्यालय स्थापना गरीएको कारागार शाखा घोराहीका प्रमुख बिष्णुप्रसाद पाण्डेले बताउनुभयो । शिक्षक पनि कम्तीमा प्रबिणता प्रमाण पत्र तहसम्म पढेका कैदी मध्येबाट शिक्षकको जिम्मेवारी दिएको पाण्डेले जानकारी दिनुभयो ।

शिक्षकको जिम्मेवार पाएका कैदी प्रकाश परियारले गरेको गल्तिको सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइरहदा आफुले पाएको अवसरलाई खुशी लागेको बताउनुभयो ।

पढाउने शिक्षकले तलव नपाएपनि बार्षिक २ महिना कैद मिनाहा गरीदिने व्यवस्था मिलाइएको कारागार शाखाले जनाएको छ । दाङको घोराही कारागार भित्र करीव ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेका र बाँकी सबै निराक्षर छन् ।
karagar bidhyala3

karagar bidhyala4

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);