आमाको मृत्युपछि पाँच चेपाङ बालबालिकाको बिचल्ली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आमाको मृत्युपछि पाँच चेपाङ बालबालिकाको बिचल्ली

chepang balbalika

चितवन, २२ असार । चितवनको राप्तीस्थित झुरझुरेका पाँच चेपाङ बालबालिको बिचल्ली भएको छ । आमाको मृत्यु भएपछि ४ छोरा र १ छोरीको बिचल्ली भएको छ ।

आमाको मृत्यु भएपछि चितवनको राप्तीस्थित झुरझुरेका पाँच चेपाङ बालबालिको १० बर्षिय सुकमयाँ चेपाङ, ९ बर्षिय सुजन चेपाङ, ७ बर्षिय सुमन चेपाङ र ३ बर्षिय मिलन चेपाङको बिचल्ली भएको हो । ३४ बर्षिय आमा शान्तिमया चेपाङको मृत्यु भएपछि उनीहरु काकाकोे घरमा बसेका छन् । बुबा जीतबहादुर चेपाङ पनि बिरामी भएकाले उनीहरुको हेरचाह कसले गर्ने भन्ने अन्योल भएको छ ।

आमाको मृत्यु भएपछि उनीहरु आफ्नो घरमा बस्न समेत मानेका छैनन् । सुकमया र सुजन कक्षा १ मा पढ्छन भने मिलन र सुमन यसै बर्षदेखि विद्यालय जान थालेका हुन् । आमाको मृत्युपछि उनीहरुको पढाइ समेत प्रभावित भएको छ ।

जेठा छोरा कृष्ण बुबासँग बस्दै आएका छन् भने एक छोरीको विवाह भइ सकेको छ । चेपाङ चार बालबालिका सहयोगको प्रतिक्षामा छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);