काठमाडौं, १ पुस । प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले धनशक्ति र जनशक्तिको अभावमा पनि विकासका कामहरुलाई गति दिएको बताउनु भएको छ ।
मंगलबार रिपोर्टस क्लबमा पत्रकारहरुसँगको साक्षात्कारमा बोल्दै मन्त्री सोनालले सिमित स्रोत र साधानको बावजुदपनि विकास निर्माणको कामलाई तिब्रता दिएको बताउनुभएको हो ।
उहाँले न्यून बजेट हुँदा पूर्वाधार विकासमा अवरोध भएको भन्दै संघीय सरकारलाई बजेट बढाउन आग्रह गर्नुभयो । उहाँले प्रदेश २ मा ५ हजार कर्मचारीको आवश्यकता भएपनि संघीय सरकारले २ हजार कर्मचारी मात्र पठाएकोले जनशक्ति अभावमा कार्यक्रमहरु प्रभावित भएको बताउनुभयो । उहाँले प्रदेश २ को मुख्य चुनौति नै सिमित स्रोत साधन र बजेट रहेको बताउनुभयो ।
उहाँले प्रदेश २ मा कृषि, धार्मिक पर्यटन, सडक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गरे मात्रै मानविय विकासलाई माथि पु-याउन सकिने बताउनुभयो ।




