काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजपनि जारी छ । पार्टी कार्यालय धुमवाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथि सदस्यहरुले आ आफ्ना धारणा राखिरहेका छन् ।
सोमबारको बैठकमा दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमा १२ जना नेताहरुले आ आफ्ना धारणा राखेका थिए । प्रतिबेदन दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त रुपमा तयार पारिएको हो ।
त्यसैगरी बैठकमा महासचिव विष्णु पौडेलले पेश गर्नुभएको पार्टीको विधान संशोधनको प्रस्ताव माथि पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा एक जना सदस्यलाई आफ्नो धारणा राख्न २० मिनेटको समय उपलब्ध गराइएको जनाइएको छ ।
नेकपाको स्थायी कमिटीमा ४५ जना सदस्य छन् । बैठक आइतबारदेखि शुरु भएको हो ।




