बाल–मजदुरमा मानसिक समस्या | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

बाल–मजदुरमा मानसिक समस्या

mahila balbalika

काठमाडौं, २९ कात्तिक । सुधारगृहबाट उद्धार गरिएका बाल–मजदुरमा प्रायः कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ।त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले गरेको अध्ययनले सो तथ्य फेला पारेको हो।

बाल मजदुरलाई उद्धार गरी पुनस्र्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठ संस्थाका एक सय तीन बालबालिकामाथि सो अध्ययन गरिएको थियो। अध्ययन गरिएकामध्ये ३८ केटा र ६५ केटी थिए। अध्ययनमा अधिकांश बालबालिकामा डिपे्रसन, आघातजन्य घटना र संवेगात्मक स्वास्थ्यसंँग सम्बन्धित समस्या देखिएका छन्।

बाहिरबाट नदेखिने मानसिक रोगका कारण बालबालिकाको समस्या बढ्दै गएको पाइएको छ।त्रिचन्द्र क्याम्पसका मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माले त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुव्र्यवहार भोगेको पाइएको बताउँदै भन्नुभयो– ‘ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार