कलैया जिल्ला अस्पताल आफैं बेसहारा बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कलैया जिल्ला अस्पताल आफैं बेसहारा बन्दै

श्याम गुप्ता
बारा, १ असोज । पूर्वाधार र प्रविधिले कुनै नीजि अस्पताल भन्दापछि नपरेको कलैया जिल्ला अस्पतालमा सेवा लिन गएका विरामीहरुले सहज सेवा पाउन सकेका छैनन् । दरबन्दी अनुसार चिकित्सक तथा अन्य कर्मचारीहरु नहुनु, विरामीलाई निशुल्क वितरण गर्नुपर्ने औषधी नहुनु, ल्याव र फार्मेसी सधै बन्द रहने जस्ता कारणले अस्पतालमा पुगेका विरामीहरु आजित भएका छन् ।

कुनै बेला गरिब, असहाय, मजदुर किसानहरुको राम्रो उपचारका लागि साहारा बनेको कलैया जिल्ला अस्पताल यतिबेला आफै बेसहारा बनेको छ । अस्पतालमा एक महिनादेखि प्रसूतिको शल्यक्रिया पनि बन्द छ ।

प्रसुतिका एक चिकित्सक रहे पनि समयमा उपचार पाउन नसक्दा प्रसुतिका लागि आएकी ग्रामिण महिला छटपटाई रहेको देख्न सकिन्छ ।

अस्पतालमा चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफर, सरसफाई गर्ने लगायतका गरी ५९ जनाको दरबन्दी रहेको छ । तर अस्पतालमा अहिले एक प्रसुति विशेषज्ञ ६ महिनाको कारारमा कार्यरत छन् ।

४ जना एमबिबिएस उर्तीण गरी छात्रवृतिमा दुई बर्षे सेवा दिन आएका मेडिकल चिकित्सक लगायत जम्मा ११ कर्मचारी मात्र अस्पतालमा छन् ।

विहान ११ बजेपछि अस्पताल बन्द झैँ देखिन्छ । यसको सुधारका लागि तत्काल केही पहल नगरिने हो भने अस्पताल बन्द हुने अवस्थामा पुग्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्रेमचन्द्र चौरासीयाको भनाई छ ।

बिगतमा अस्पतालको ओपिडीमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी आउने गर्थे । अहिले अस्पताल लथालिङ्ग हालतले गरेर ज्यादै न्यून रहेको छ । अस्पतालमा चिकित्सक अभावले आएका विरामीहरुलाई अन्त रेफर गर्ने गरिएको छ ।

जसले गर्दा विपन्न परिवारका विरामीहरु पनि नीजि अस्पतालको महँगो शुल्क तिर्न बाध्य छन् । कर्मचारी अभावले विरामीहरु धेरै नै मर्कामा पर्ने गरेका छन् ।

हाल कलैया अस्पताल २ नम्बर प्रदेश सरकार मातहत छ । प्रदेश सरकारले पनि सेवा सुविधा व्यवस्थित गर्न चाँसो दिएको छैन । गत आर्थिक वर्ष २०७५/७६ मा निःशुल्क वितरण गरिने औषधी किन्न अस्पताललाई एक रुपैयाँ पनि प्रदेश सरकारबाट प्राप्त भएको छैन ।

प्रदेश सरकारले निर्माण गरेको विकास समिति समेत बेखबर भएपछि बिजुली, शौचालय, जेनेरेटर बिग्रिएको, दुई वटा एम्बुलेन्स् थन्किएका छन् । पानीको समेत अस्पतालमा अभाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);