शक्तिशाली समुद्री आँधि अमेरिकातर्फ सर्‍यो, ४ राज्यमा आपतकालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शक्तिशाली समुद्री आँधि अमेरिकातर्फ सर्‍यो, ४ राज्यमा आपतकालको घोषणा

एजेन्सी, १६ भदौ । क्यारेबियन मुलुक ग्रान्ड बहामासमा आएको शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । ग्राण्ड बहामासको केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको छ ।

प्रतिघन्टा २सय ८५ किलोमिटरको वेगमा आएको ‘डोरिअन’ नाम दिइएको आँधी विस्तारै पूर्वी क्षेत्रतर्फ बढेको जनाइएको छ । आँधी प्रभावित अमेरिकाको चारओटा राज्यहरु फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

समुद्री आँधीसम्बन्धी तथ्यांङक राख्ने अमेरिकी निकाय ‘एनएचसी’ले जनाए अनुसार डोरिअन आधुनिक तथ्यांक राख्न थालिएयताकै अतिखतरनाक आँधी हो । ग्रान्ड बहामास सरकारले आँधीले तय गर्ने बाटोलाई मध्यनजर गर्दै ती क्षेत्रका बासिन्दाहरूलाई अन्यत्रै सारेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

आँधी घातक हुनसक्ने र सात मिटर उचाइसम्म पुग्नसक्ने अनुमान गरिएको छ । बहामास टापुका केही किमान स्थल पनि बन्द गरिएका छन् । बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्रान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न र सबै पर्यटकलाई त्यहाँबाट बाहिर जान आदेश दिइसेका छन् ।

डोरिओनले बहामसलाई हानेपछि संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा प्रबेश गर्नेछ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले डोरिअन आँधीसँग सम्बन्धित घटनाक्रमलाई नियालिरहेको बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);