काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर विच भेट वार्ता भएको छ । जयशंकरले आज बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति संग भेट गर्नु भएको हो ।
उहाँ नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुग्नु भएको हो । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आउनु भएको थियो । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।