उत्तर कोरियामा बन्धक बनाइएका एक अष्ट्रेलियाली नागरिक रिहा | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

उत्तर कोरियामा बन्धक बनाइएका एक अष्ट्रेलियाली नागरिक रिहा

एजेन्सी, १९ असार । उत्तर कोरियामा बन्धक बनाइएका एक अस्ट्रेलियाली नागरिक रिहा भएका छन् । गत हप्ता उत्तर कोरियामा बेपत्ता भएका एलेक सिग्ली रिहा भएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

उत्तर कोरियाका सरकारी अधिकारीले प्योङयाङमा रहेको स्वीडिस दूतावासका अधिकारीबिच भएको वार्तापछि प्रधानमन्त्री स्कटले आफ्नो देशका नागरिक सुरक्षित रहेको बताएका हुन् । उत्तर कोरियाको राजधानीमा अस्ट्रेलियाको दूतावास छैन ।

२९ वर्षका सिग्लीले प्योङयाङमा पर्यटन व्यवसाय पनि गर्दै आएका जनाइएको छ । उनलाई किन बन्धक बनाइएको भन्नेबारे उत्तर कोरियाले जपाफ नदिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);