सरकार विरूद्ध विवेकशील नेपाली दलको विरोध जारी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

सरकार विरूद्ध विवेकशील नेपाली दलको विरोध जारी

पुष्पा पोखरेल
काडमाडाैं, ७ बैशाख । विवेकशील नेपालीले शनिवार काठमाडौंमा कविता वाचन गरेको छ । पछिल्लो समय देश भ्रष्टाचारमा जगडिंदै गएको र त्यसका विरुद्व सृजनात्मक ढंगले आलोचना गरिएको विवेकशिल नेपाली दलले जनाएको छ ।

सरकार विरुद्ध केही दिन देखि आन्दोलन गर्दै आएको विवेकशील नेपाली दलले कहिले सरकारी जग्गामा झण्डा गाड्ने त कहिले सिंहदरबारमा घेराउ गर्ने जस्ता कार्य गर्दै आएको छ । विरोधको नयाँ–नयाँ स्वरुप अपनाउँदै आएको उक्त दलले शनिवार काठमाडौंको बसुन्धरामा व्याङ्ग्यात्मक कविता वाचन गरेको छ ।

पछिल्लो समय सरकार भ्रष्टाचारमा लिप्त भएको र मनपरी ढंगले चलिरहेको भन्दै फरक–फरक शैलीमा आन्दोलन गर्न वाध्य भएको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले बताईन् । उनले बाटो कुलो, पानी जस्ता विकासका कुरा कता गए भन्दै कविता मार्फत सरकारलाई कडा कटाक्ष समेत गरेकी थिईन् ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुले देशभक्ति कविताहरु सुनाएर सरकारलाई गिज्याएका थिए । सुखी नेपाली समृद्ध नेपालको नारा लिएर हिँडेको सरकार आफै त्यसैलाई धज्जी उडाएको भन्दै चर्काे विरोध समेत गरे । अहिले देशमा लुटतन्त्र चलिरहेको र यो लुटतन्त्रको अन्त्य, लोकतन्त्रको स्थापनाका लागि आफुहरु निरन्तर लागि पर्ने समेत विवेकशील नेपाली दलका केन्द्रिय सदस्य निर्देश शिलवालले बताए ।

कविता वाचन कार्यक्रममा विवेकशील नेपाली दलका नेता तथा कार्यकर्ताको संख्यामा उपस्थिती रहेको थियो । उनीहरुले सरकारको कार्यशैली र पछिल्लो गतिविधी प्रति निराशा व्यक्त गदै खवरदारी समेत गरेका थिए ।