बालुवाटारको जग्गाकाकाे विषयमा सबैतिर चाँसो र चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाटारको जग्गाकाकाे विषयमा सबैतिर चाँसो र चर्चा

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीशको निवास रहेको बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी गरिएको विषय यतिवेला चर्चाको शिखरमा छ । झन् यस प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको समेत नाम मुछिएपछि त यो विषय झनै बहशको विषय बनिरहेको छ । सबै तिर चासोको विषय बनेको बालुवाटरको जग्गाको निरुपण अव के होला ?

सरकारले सरकारी जग्गा मिचेर ब्यक्तिको नाममा नामसारी गरेको लगत संकलन गरि त्यस्ता कित्ता नम्वर निलम्वन गर्ने अभियान चलाउन थालेपछि सवैभन्दा चुलीमा अहिले बालुवाटार प्रकरण आइपुगेको छ ।

तर वालुवाटार प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले शुक्रवार दोस्रो पटक वक्तब्य जारी गर्दै सरकारी जग्गा आफु र आफनो परिवारले नमिचेको र हडप्ने कुनै मनशाय समेत नभएको स्पष्टिकरण दिएका छन् ।

शुक्रवार उनले जारी गरेको वक्तब्यमा २०६१सालमा उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको जग्गा छोरा नवीन पौडेलको नाममा खरिद गरेको बताएका छन् । महासचिव पौडेलले वालुवाटारको कित्ता नम्वर ३०९ र ३१५ को कुल क्षेत्रफल ८ आना जग्गा आफुले खरिद गरेको दावी गरेका छन् । महासचिव पौडेलले यसरी खरिद गरिएको जग्गामा कुनै कैफियत छ भन्ने लागेमा भरपर्दो निकायबाट छानवीन गर्न समेत चुनौती दिएका छन् ।

सरकारी जग्गा कसले मिचेको छ र कति मिचेको छ भनेर सरकारले पुर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले वालुवाटार कै जग्गा मिचेको रिपोर्ट सार्वजनिक गरेको छ ।

सरकारले गठन गरेको समितिले यसरी रिपोर्ट दिएपछि अहिले सत्तारुढ दल नेकपा र अन्य दलबाट पनि यसको छानवीन गर्न र छानवीन जारी रहुन्जेल पौडेलले राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ ।

दिनहुँ यहि विषयमा पुर्वप्रशासक, नेता, तथा अभियन्ताले वालुवाटार जग्गा मिच्नेले सिंहदरवार पनि मिच्न सक्छन भनेर तुल र ब्यानर प्रदर्शन गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व सम्हालिसकेका सुर्यनाथ उपाध्यायका अनुसार यस प्रकरणमा नजिर बस्ने गरि कारवाही गर्नुपर्छ । उनले सरकारी जग्गा मिच्नेलाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेका छन् ।

तर, वालुवाटार प्रकरणपछि सरकारी जग्गा व्यक्तिका नाममा सारिएका कित्ता निलम्वन गर्न दवाव परेको छ । तर, मालपोत कार्यालयले भने यससम्वन्धी फाइल नै हराएको बताएको छ । प्रशासनको लामो अनुभव भएको तथा अख्तियार समेत सञ्चालन गरिकेका सुर्यनाथ उपाध्यायले मालपोतमा फाइल हराउने पुरानै रोग भएको बताए । उनले भ्रष्टाचार गर्ने अनि फाइल गायब गराउने पुरानै रोग रहेको स्पष्ट पारे ।

बालुवाटार प्रकरणमा नेताको नाम मुछिएपछि अहिले सामाजिक सञ्जालमा यो विषयले राजनीतिक रंग लिन थालेको छ । तर, यसो भएपनि नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले भने ब्यक्ति भन्दा पनि जसले बेइमानी गरेको भएपनि त्यस्ता ब्यक्तिलाई कारवाही गर्नुपर्ने बताए । उनले सरकार भुमाफियाको चंगुलमा परेको बताए ।

कुनैपनि घटनामा जो कसैको नाम मुछिने वित्तिकै त्यस ब्यक्तिलाई दोषी भन्न मिल्दैन । यस खालका घटनाको स्वतन्त्र र विश्वसनीय छानवीन हुनुपर्छ । नत्र यसले सार्वजनिक छवि बनाएका व्यक्तिको इज्जतमा आँच पनि आउन सक्छ । तर, संगसगै सार्वजनिक छवि भएको व्यक्तिले आफनो व्यक्तिगत जिवनमा आक्षेप लागेपछि छानवीनको लागि सहयोग गर्ने र नैतिक देखाउने पनि गर्नुपर्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);