सरकारले राम्रो काम गर्न नसकेको देउवाको दावी, आन्दोलन तयारी गर्न कार्यकर्तालाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

सरकारले राम्रो काम गर्न नसकेको देउवाको दावी, आन्दोलन तयारी गर्न कार्यकर्तालाई निर्देशन

sher bahadur deuwa

काठमाडौं, ६ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले एउट पनि राम्रो काम गर्न नसकेको दावी गरेका छन् ।

शुक्रवार नेपाल बिद्यार्थीसंघको ४९ औ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए । देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनता विरोधी काम सरकारले गरिरहेको आरोप पनि लगाए ।

उनले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिएका छन् । सभापति देउवाले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने÷नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने पनि उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);