लरेन सान्चेजका कारण खर्बपति बेजोसको सम्बन्ध विच्छेद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

लरेन सान्चेजका कारण खर्बपति बेजोसको सम्बन्ध विच्छेद

Amazon Studios Oscar After-Party

काठमाडौं, २५ चैत । टिभी एंकर लरेन सान्चेज तथा उनका पति प्याट्रिक वाइटसेलले  शुक्रबार सम्बन्ध विच्छेदनको आवेदन दिएका छन् । लरेन विश्वकै धनी व्यक्ति जेफ बेजोससँगको सम्बन्धमा रहँदै आएकी छन् । बेजोस र म्याकेन्जीको सम्बन्ध विच्छेदको सम्झौता आपसी सहमतिमा बिहीबार तय भइसकेको छ । अदालतले पनि यसको मन्जुरी दिइसकेको छ ।

लरेनका पति वाइटसेल हलिउड एजेन्सी डब्लुएमईका सिइओ हुन् । १४ वर्ष पहिले उनको सान्चेजसँग विवाह गरेका थिए । बेजोसले दुई वर्ष पहिले वाइटसेलका माध्यमबाट सान्चेजसँग भेटका थिए । यसपछि बेजोससँग उनको हिमचिम बढेको हो ।

जेफ बेजोस तथा म्याकेन्जीले यसै वर्षको जनावरीमा सम्बन्ध विच्छेद लिने घोषणा गरेका थिए । २५ वर्षपहिले उनीहरुको विवाह भएको थियो । बेजोसको सम्बन्ध विच्छेदको घोषणा अघिल्लो दिन अमेरिकी म्यागेजिन द एनक्वाइडररले एक समाचारमा बेजोसको सम्बन्ध विच्छेदका कारण लरेन सान्चेज भएको दाबी गरेको थियो । याे समाचार काराेबार दैनिकमा प्रकाशित छ ।