सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना

sena diwash

काठमाडौं, २० फागुन । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनुका साथै नयाँ स्थापना भएका गणलाई निशानी चिन्ह प्रदान गरिएको थियो । कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शनी गरिएको थियो । यस्तै प्यारासुटको माध्यमबाट फ्रि फल जम्पको पनि प्रदर्शन गरिएको छ ।

प्यारासुटबाट प्रदर्शन गर्नेक्रममा प्यारासुट फुत्किएर एक जना सैनिक जवान घाईते भएका छन । प्यारासुटबाट ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शन गरिएको थियो । यसैबीच सेना दिवसको अवसरमा सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देशमा सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने उल्लेख गरेका छन् ।