मुग्लिन-नारायणगढ सडकखण्ड : १० ठाउँमा पहिरो, बाटो पूर्ण रुपमा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

काठमाडौं, १५ भदौ । आज राति परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।

 

वर्षायाममा पटक पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको मुग्लिन-नारायणगढ सडकखण्डमा पर्ने कालीखोला, सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, लगायतका १० ठाउँभन्दा धेरै स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

रातिदेखि खसेको पहिरोले गर्दा मुग्लिनतर्फ लागेका गाडी जुगेडीमा र काठमाडौंबाट चितवनतर्फ लागेका गाडी मुग्लिनमा नै रोकिएका छन्। धेरै ठाउँमा पहिरो खसेकाले बाटो खुलाउन समय लाग्ने प्रहरीले बताएको छ।