काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई अघि बढाउन सहकारीको विकल्प नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण गर्नका लागि सहकारी भरपर्दो माध्यम भएको उल्लेख गर्दै त्यसलाई नेपालले मौलिक ढंगले लागू गराउने प्रतिवद्धता व्यक्त गरे ।
शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रको विकासका लागि सहकारी सम्बन्धि ऐनलाई तर्जुमा गर्दै अघि बढ्ने स्पष्ट पारे ।
उनले सहकारी अभियन्ताहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय सहकारी सम्बन्धि अनुभवलाई राष्ट्रियकरण र स्थानीयकरणका लागि पहल गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले साना–साना पूँजी परिचालन गरेर मुलुकको विकास गर्न सरकार प्रतिवद्ध रहेको बताए ।




