विना विकल्प वन फडानी नगर्न पशुपतिको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विना विकल्प वन फडानी नगर्न पशुपतिको सुझाव

काठमाडौं, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपर रुख कटान गर्न लागिएको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।

अध्यक्ष राणाले निजगढमा अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेपनि विनाविकल्प वन फडानी नगर्न सरकारलाई सुझाव दिए ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपरको लाखौं रुख कटान गर्ने हो भने सरकारले चुरेको माथिल्लो क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

अध्यक्ष राणाले वन फडानीबाट अति प्रभावित स्थानीयलाई विमानस्थल बनेपछि त्यस वरपर नै बस्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले वृद्धवृद्धाहरुलाई आवश्यक सेवा, सुविधा उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);