हुण्डी कारोवारको अभियोगमा प्रक्राउ परेका ५ जनालाई आज सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

हुण्डी कारोवारको अभियोगमा प्रक्राउ परेका ५ जनालाई आज सार्वजनिक

pakrau

अनुप तिवारी

पर्सा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोवारको अभियोगमा प्रक्राउ परेका ५ जनालाई आज सार्वजनिक गरेको छ ।

प्रहरीले अबैध वित्तिय कारोवार संचालन गरेको अभियोगमा दुई भारतीय सहित ५ जनालाई सार्वजनिक गरेको हो । सार्वजनिक गरेका अभियुक्तहरुमा बिन्दवासिनी गाउँपालिका–५ प्रर्सानी निवासी पवनकुमार गुप्ता, विरगंज महानगरपालिका जेलरोड निवासी अजय मानन्धर, बाराको सिर्मौनगढ नगरपालिका वडा नम्बर–१ खजानी निवासी अजय जैसवाल रहेका छन् ।

त्यसैगरी, सिमावर्ती विहारको मोतिहारी चम्पापुर निवासी साबिर मियां , रक्सौल निवासी अशोक श्रीवास्तव रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५४ लाख ९६ हजार नगद सहित चार थान मोबाइल, डायरी र अन्य कागाजात समेत बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । जिल्ला प्रहरी कार्यालय पर्साले आईतवार बीरगन्जको रानीघाट, विर्ता र घडिअर्वा क्षेत्रबाट उनीहरुलाई प्रक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई थप अनुसंधानका लागि राजश्व अनुसंधान विभाग हरिहर भवन पुल्चोक, ललितपुर पठाईने प्रहरीले जनाएको छ । बिरगंजबाट १० महिना यतामात्र १२ जना हुण्डी कारोबारीलाई प्रहरीले प्रक्राउ गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);