दक्षिण एसियाली महिला उद्यमी शिखर सम्मेलन आज देखि काठमाडैंमा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दक्षिण एसियाली महिला उद्यमी शिखर सम्मेलन आज देखि काठमाडैंमा शुरु

mahila sangha

काठमाडौं, १८ भदौ । दक्षिण एसियाली महिला उद्यमी शिखर सम्मेलन आज देखि काठमाडैंमा शुरु भएको छ ।

शिखर सम्मेलनकोे उद्धघाटन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले महिला हिंसाको घटना दिनप्रतिदिन बढदै गएको चिन्ता व्यक्त गरेका छन् । आज पनि बिश्व भरमा महिला बिभेद कायम नै रहेको भन्दै यसको अन्त्यको लागी सबै मिलेर हातेमालो गर्नुपर्ने उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले लैगिक बिभेद अन्त्यको लागी महिला सशत्तिकरण कार्यक्रम ल्याउनु पर्ने आवश्यक रहेको बताउनु भयको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले महिला सशत्तिकरणका लागी नेपालले जनाएको प्रतिबद्धता कार्यान्वयनको पाटोमा रहेको प्रष्ट पारे । महिला हरु राजनितीक आर्थिक र सामाजीक रुसमा सक्षम भएमात्र देशको विकास हुने बताए ।

सम्मेलन महिला सशक्तिकरण र सवलीकरणका लागी ठोस योजना बनाउने बिषयमा केन्द्रित हुने आयोजकले बताएको छ । सम्मेलन तिन दिन सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);