काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो कार्यदिशामा स्पष्ट रहेको वताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले संविधानले व्यवस्था गरेको संरचनात्मक परिर्वतन र पुर्नसंरचनाको काम भईरहेको भन्दै सरकार आफ्नो कार्यदिशामा स्पष्ट रहेको बताए ।
सरकार अलमलमा परेको भनी भइरहेको टिप्पणी निरर्थक रहको उनको भनाई छ । प्रधानमन्त्री ओलीले अनावश्यक विषयलाई उचालेर भ्रम नफैलाउन प्रतिपक्षीलाई आग्रह गरे ।
सरकारले आफ्नो दायित्व पुरा गरेको भन्दै उनले यस अबधीमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि झण्डै ५० वटा विधेयक मन्त्रीपरिषद्बाट पारित भईसकेको जानकारी दिए ।
आर्थिक बर्षको सुरुवातसंगै मन्त्रालयको पुर्नसंरचनाको काम सकिएको, कर्मचारी व्यवस्थापनको काम टुंगो लागेको तथा ७ सय ६१ वटा सरकार नै अहिले क्रियाशिल रहेको भन्दै उनले यही उपलब्धि नै संघीयताको सांगठनिक जग हाल्ने र मजबुत बनाउने काम भएको स्पष्ट पारे ।