अष्ट्रेलियाले चीनसंग फाइभजी टेलिकम प्रविधि नलिने | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

अष्ट्रेलियाले चीनसंग फाइभजी टेलिकम प्रविधि नलिने

एजेन्सी, ७ भदौ । अष्ट्रेलियाले सुरक्षाको कारण देखाउदै चीनको टेलिकम प्रविधि फाईभजी नलिने भएको छ । अष्ट्रेलियाले हुवाई र जेटीई कम्पनीले गुप्तचरीको काम गरेको भन्दै नलिने घोषणा गरेको हो ।

हुवाईले टुइटर मार्फत अष्ट्रेलियाको यो निर्णय दुखद भएको जनाएको छ । अष्टे्रलियाको पछिल्लो निर्णयले यूरोपका कैयौ देशले प्रयोग गदै आएको यो प्रविधीमा समेत असर पर्ने देखिएको छ ।

अमेरिकाले यस अघिनै चिनको फाईभीजी प्रविधी नलिने घोषणा गरेको थियो । फाईभजी मोवाईल प्रवधी चीनले अव ल्याउन लागेको नयाँ प्रवधी हो ।