काठमाडौं, १८ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाएकी छन् । उनले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल र पूर्व राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी लिने गरी सपथ खुवाएकी हुन् । यसैगरी संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको सपथ खाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीलाई सपथ खुवाएकी छन् । सपथ ग्रहण लगत्तै नवनियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गरेका छन् ।