कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रदर्शनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बुधबारको बैठकमा अध्यक्षसंग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले २६ आंै दिन सम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईमाथि कानुनी कारवाही लगायतका माग पुरा नहुन्जेल बैठक चल्न नसक्ने बताए । राष्ट्रियसभा सदस्य पाण्डेको भनाई संगै कांग्रेसका सदस्यहरुले उभिएका थिए ।

कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाईरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे । त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराए ।

आजको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो । राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);