नेपाल–भारत संयुक्त अध्ययन समितिद्वारा डुबान क्षेत्रको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

नेपाल–भारत संयुक्त अध्ययन समितिद्वारा डुबान क्षेत्रको अनुगमन

nepal duban

काठमाडौं, २३ असार । नेपालका सीमावर्ती गाउँहरु डुबानमा पर्नुमा भारत दोषी देखिएको छ । नेपाल र भारतको संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिले हालै गरेको स्थलगत अध्ययनका क्रममा नेपाली सीमावर्ती गाउँ डुबानमा पर्नुमा भारतको दोष देखिएको हो ।

संयुक्त समितिले विभिन्न सात स्थानको अध्ययन गरेको थियो । संयुक्त समितिले अध्ययन गरेका सातवटै स्थानमा नेपाली भूमि डुबानमा पर्नुमा भारतीय पक्षको कमजोरी देखिएको छ । भारतीय पक्षले अवैज्ञानिक तवरमा तटबन्ध बनाएका कारण नेपाली भूमि डुबेको पाइएको अध्ययन टोलीमा संलग्न जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक प्रदिप थापाले बताए ।

सप्तरीको खाँडो नदीमा भने भारतीय पक्षले तटबन्ध नबनाएका कारण नेपाली भूमि डुबानमा परेको निष्कर्ष अध्ययन समितिले निकालेको छ । सिराहाको लगनगोठ, सर्लाहीको बकरी, रौतहटको गुहावटी, सप्तरीको तिलाची लगायतका दर्जनौं गाउँ डुबानमा पर्दै आएका छन् ।

आफ्नो कमजोरी पाइएपछि भारतीय पक्ष कमजोरी सुधार गर्न राजी भएको उपमहानिर्देशक थापाले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वैशाख महिनाको अन्तिममा गरेको नेपाल भ्रमणका क्रममा डुबानको समस्या समाधानका लागि संयुक्तरुपमा स्थलगत अध्ययन गरी अध्ययन प्रतिवेदन अनुसार काम गर्ने सहमति भएको थियो ।