कांग्रेस जिल्ला सभापतिको भेला हेटौँडामा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कांग्रेस जिल्ला सभापतिको भेला हेटौँडामा जारी

हेटौँडा, ६ असार । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौँडामा जारी छ । मंगलवारबाट शुरु भएको भेलामा जिल्ला सभापतीहरुले काँग्रेस आफैभित्र घर झगडामा लागेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

बुधवारको बन्द सत्रमा कांग्रेस जिल्ला सभापतिहरुले नेतृत्व नसच्चिए पार्टी अझै कमजोर बन्ने चेतावनी समेत दिएका छन् । कांग्रेस जिल्ला सभापतिहरुको बुधवारबाट भएको बन्दसत्रमा जिल्ला सभापतिहरुले नेतृत्वको आलोचना गरेका छन ।

पार्टीलाई एक बनाएर लैजानुु पर्ने बेलामा नेतृत्वमा गुुट बनाउने तर्फ लागेको भन्दै त्यसलाई सच्याउनुु पर्नेमा जोड दिए । काँग्रेस नेतृत्वका कारण पार्टी एकता नचाहनेहरुलाई बल पुुगेको धारणा जिल्ला सभापतिहरुले राखेका थिए ।

स्थानीय तहको निर्वाचनमा माओवादी र प्रतिनिध सभा निर्वाचनमा राप्रपालाई भोट हाल्न लगाउने नेतृत्वले पार्टीलाई चाही कहिले भोट हाल भनेर जनतालाई सिकाउने भन्दै जिल्ला सभापतीहरुले नेतृत्व समक्ष प्रश्न समेत गरेका थिए । उनीहरुले निर्वाचनमा हारको जिम्मा पार्टी सभापति शेर बहादुुर देउवाले लिनुपर्ने बताएका छन् ।

पार्टी सभापति देउवा समर्थक जिल्ला सभापतीहरुले चुनावमा बेहोरेको हारको जिम्मा सबैले लिनुपर्ने भन्दै देउवाको बचाउ गरेका थिए । कतिपय काँग्रेस जिल्ला सभापतिहरुले नेतृत्व गम्भीर नबनेमा पार्टी कमजोर बन्ने धारणा राखेका थिए ।

जिल्ला सभापतिको भेलामा सातजना कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको र त्यस्तो एजेण्डा बोक्न सक्ने नेतृत्वको खाँचो रहेको संयुक्त लिखित धारणा राखेका थिए ।

उनीहरुले वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने भन्दै अहिलेको कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने र हिजोको भन्दा पनि बलियो तथा जनमुखी संगठनका रुपमा कांग्रेसलाई डोराउने नेतृत्व चाहिएको बताएका छन् । जिल्ला सभापतिहरुको भेला हेटौंडा घोषणापत्र जारी गर्दै बिहिबार सकिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);