काठमाडौं, २१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न कठिन भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले अझै विद्यालयको पहुँचमा नपुगेका बालबालिकाहरुको संख्या ५९ हजार ७ सय ३३ रहेको भन्दै उनीहरुलाई पनि विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको जानकारी दिए ।
मन्त्री पोखरेलले विद्यालय जान नपाएका बालबालिकाहरुको यथार्थ विवरण केन्द्रिय सरकारलाई उपलब्ध गराउन पनि सबै स्थानीय तहसँग आग्रह गरे । उनले बालबालिका किन विद्यालय भर्ना भएनन् भन्ने जाकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताए ।




