विद्यार्थीको शैक्षिक हड्तालका कारण सोमबार विद्यालयको पठनपाठन ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विद्यार्थीको शैक्षिक हड्तालका कारण सोमबार विद्यालयको पठनपाठन ठप्प

school

तेजना पण्डित
काठमाडौं, २१ जेठ । विभिन्न आठ विद्यार्थी संगठनले गरेको शैक्षिक हड्तालका कारण सोमबार विद्यालयको पठनपाठन ठप्प भयो । शन्ति क्षेत्रको रुपमा रहेको विद्यालय अनेकन माग राख्दै बन्द गराउँदा बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित भए ।

नामै नसुनिएका विद्यार्थी संगठनको आह्वानमा विद्यालय बन्द गरेका विद्यालय सञ्चालकहरु भने विद्यालय र वालबालिका दुबै असुरक्षित हुने त्रासले बन्द गर्नुपरेको बताउँछन् ।

शान्ति क्षेत्रको रुपमा रहेको विद्यालय विभिन्न संगठनको तारो बन्ने गरेको छ । आफ्ना अनेकन माग सम्बोधनका लागि दाबाब दिन उनीहरुले विद्यालय बन्द गराउने गरेका छन् ।

जसको सजाय भने अबोध बालबालिकाले भोग्नुपर्छ । सोमबार पनि नामै नसुनिएका विभिन्न आठ विद्यार्थी संगठनको आह्वानमा विद्यालय बन्द हुँदा पढ्नका लागि विद्यालय पुगेका बालबालिका विद्यालयको गेटबाटै घर फर्किए ।

पूर्व जनाकारी विनानै अकस्तात विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित त हुन्छ नै त्यसले बालमस्तिस्कमा नकारात्मक प्रभाव पार्ने अभिभावकहरुको भनाइ छ ।

विद्यार्थीहरुले पनि यसरी विद्यालय बन्द हुँदा कोर्स नसकिने तथा परिक्षामा समस्या हुने गुनासो गरेका छन् । विद्यालय सञ्चालकहरुले भने बन्द कसले के कारणले गरेको भन्ने आधिकारीक जानकारी नभएको तर, सामाजिक सञ्जालमा हड्ताल भन्ने देखेपछी विद्यालय र बालबालिका दुबै असुरक्षित हुने त्रासका कारण विद्यालय बन्द गरिएको बताएका छन् ।

बिद्यार्थी संगठनहरुले भने ७५ प्रतिशत नीजि विद्यालयमा अहिले सरकारमा रहेका व्यक्तिहरुको लगानी रहेकाले उनीहरु सामुदायीक विद्यालयको स्तर उन्नतीमा नलागेकाले दबाब दिन हड्ताल गर्न बाध्य भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);