भारतीय दूतावासको टोली मुस्ताङमा | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

भारतीय दूतावासको टोली मुस्ताङमा

mustang

मुस्ताङ ,२७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी भारतीय दूतावासको टोली मुस्ताङ पुगेको छ । भारतीय सेनाको हेलिकोप्टरबाट प्राविधिक टोलीसहित आवश्यक सामग्री बोकेर दूतावासको टोली मुस्ताङ जोमसोम पुगेको हो ।

जोमसोम विमानस्थलमा सामग्री पुर्याएपछि भारतीय सेनाको हेलिकोप्टरले मुक्तिनाथ वरपर क्षेत्रको निरीक्षण समेत गरेको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ । प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै मुक्तिनाथ क्षेत्रको पर्यटकीय प्रबर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);