चितवन, ३० चैत । नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्षका दिन भोली पुरै समय खुल्ने छ । सो सडक खण्डमा दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहे पनि नयाँ बर्षको दिन पुरै समय खुल्ला हुने भएको हो ।
चितवन जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तले भोली सडक बन्द नगर्ने निर्णय भएको जानकारी दिए । आइतबारदेखि सो सडक ६ घण्टा नै बन्द गरेर काम हुने आयोजनाले जनाएको छ ।