चालू आवमा नेपालको आर्थिक वृद्धिदर ४.९ % मा सीमित रहने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

चालू आवमा नेपालको आर्थिक वृद्धिदर ४.९ % मा सीमित रहने

ADB-Asian-Development-Bank

काठमाडौं, २८ चैत । एशीयाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको एशियन आउटलुक २०१८ मा चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको हो ।

यता, नेपाल सरकारले भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । आउटलुक सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका नेपाल प्रतिनिधि मनहर खड्काले वर्षाैदेखिको राजनीतिक अस्थिरता र संरचनागत कठिनाईले नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा कम हुने अवस्था आएको पाइएको जानकारी दिए ।

बैंकको प्रतिवेदनमा औद्योगिक वृद्धिदर गत वर्षको भन्दा १ दशमलव ५ प्रतिशतले कमी हुन जाने औंल्याउँदै कृषि, थोक तथा खुद्रा व्यापार विस्तार, वित्तिय मध्यस्थता, यात्रा तथा पर्यटन उपक्षेत्रका कारण सेवा क्षेत्र भने उत्साहजनक रहने पनि उल्लेख गरिएको छ ।

एडीबीले नेपालको व्यापार घाटा झनै बढेर जाने अनुमान पनि गरेको छ । निर्यात व्यापार खस्कँदै गएका कारण नेपालले चालू आर्थिक वर्षमा झनै व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आउटलुकमा उल्लेख गरिएको छ । बैंकका देशीय निर्देशक मुख्तोर खमुदखानोभले आधुनिक प्रविधिलाई आत्मासात गर्दै पूर्वाधारको निर्माण गरेर राजस्व बढाउन पनि नेपाल सरकारलाई सुझाव दिए ।

राजस्व बढाउनका लागि नेपालले आधुनिक प्रविधिको विकासमा विशेष ध्यान दिनुपर्ने एडीबीको सुझाव छ । आउटलुकमा विद्युत आपूर्तिको राम्रो व्यवस्थापन हुँदा नेपालमा कृषि उत्पादनले राम्रो प्रतिफल दिएको पनि देखाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);