कैलाली, १९ चैत । धनगढी प्रिमिएर लिग अन्तर्गत आजका खलेमा आयोजक टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स विजयी भएका छन् ।
आजको खेलमा टीम चौराहले सिवाइसी अत्तरियालाई ३ विकेटको पराजित ग¥यो भने रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गर्दै काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको हो ।
धनगढीस्थिति एसएसपी क्रिकेट मैदानमा १ सय ५१ रनको लक्ष्य पछ्याएको टीम चौराहले ४ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । टीम चौराहका लागि रोहन मुस्ताफाले सर्वाधिक ४० रन बनाए ।
त्यस्तै सोमपाल कामीले ३९ रनमा अविजित रहँदा राजेश पुलामीले २१ रन बनाए । सिवासीका शुभांकर उराउ र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने विनोद लामा र विपिन चन्द्राले १–१ विकेट लिए । यस अघि ब्याटिङ गरेको सिवासीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
सिवासीका लागि विपिन चन्द्रा र प्रेम तामाङले २८–२८ रन बनाए भने कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे । टीम चौराहका ललितसिंह भण्डारीले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै रोहन मुस्ताफाले २ तथा कप्तान सोमपाल कामी र सामसद शेखले १–१ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित ग¥यो । १ सय ८७ रनको ठूलो स्कोर पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनायो ।
रुपन्देहीका लागि ओपनर प्रदीप ऐरीले विष्फोटक ब्याटिङ गरेपनि जित दिलाउन सकेनन् । उनले ४१ बलको सामना गर्दै ५ छक्का र ५ चौका प्रहार गरी ५७ रन बनाए । सागर पुनले १८, दीपक प्रसादले १० सोनु अन्सारीले ९ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
काठमाडौं गोल्डेन्सलाई जित दिलाउन राशिद खानले उत्कृष्ट बलिङ गरे । उनले २ दशमलव ४ ओभर बलिङ गर्दै ६ रन दिएर ४ विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले ३ र शाहब आलमले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । काठमाडौंका लागि सन्नी पटेलले ४८, सुवोध भाटीले ४२, अमित श्रेष्ठ र नरेश बुढाऐरले समान ३०–३० रन बनाए ।