काठमाडौं, १० चैत । खेलको इन्जुरी समयमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजिप्टलाई २–१ ले पराजित गरेको छ ।
लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सालाहले खेलको ५६ औँ मिनेटमा गोल गर्दै इजिप्टलाई दिलाएको अग्रता ९० औँ मिनेटसम्म कायम थियो । तर खेलको निर्धारित समय सकिएर सुरु भएको अतिरिक्त समयको दोस्रो मिनेटमा पोर्चुगलका लागि रोनाल्डोले पहिलो गोल गरे ।
बराबरी गरे लगत्तै रेफ्रीले खेल सकिएको केही सेकेन्ड अगाडि अर्थात् अतिरिक्त समयको पाँचौ मिनेमा रोनाल्डोले नै व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले विजयी गर्न सफल भए ।
पोर्चुगल र इजिप्ट रसिया विश्वकपका लागि छानिइसकेका टोली हुन् । पोर्चुगल रोनाल्डोको खेलसँग निर्भर छ भने इजिप्ट पनि सालाहको खेलसँग निर्भर छ ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।