कञ्चनपुर, २१ फागुन । माहाकाली सन्धी भएको दुई दशक बितिसक्दा पनि भारतले सन्धी कार्यान्वयन नगर्दा कञ्चनपुरको दोधाराचाँदनी क्षेत्रमा खानेपानीको समस्या भएको छ ।
सो क्षेत्रमा ३ सय ५० क्युसेक पानी आवश्यक भएपनि भारतीय पक्षले सन्धी कार्यान्वयन नगर्दा समस्या भएको हो । कञ्चनपुरका सरोकारवालाहरुले प्राकृतिक सिद्धान्त अनुसार पानीको वितरण गर्न माग गरेका छन् । दोधाराचाँदनी क्षेत्रमा पानीको अभाव हुँदा सिंचाइमा समेत समस्या हुने गरेको छ ।