राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

काठमाडौं ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।प्रहरीका अनुसार ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने प्रयास गरेका थिए। घटनालगत्तै सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घाइते पुरुषको परिचय हालसम्म खुल्न सकेको छैन। उनले आत्मदाहको प्रयास किन गरे भन्ने कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।घटनास्थलमा प्रहरी परिचालन गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply