राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्यायो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्याएको छ । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कामबारे अन्तर्राष्ट्रिय दाताहरुलाईसमेत अनुगमन गर्न सहज हुने गरी ‘परियोजना निगरानी सूचना प्रणाली’ बुधबारबाट संचालनमा ल्याएको हो ।

rastriya punanirman pradhikaran

काठमाडौं, १० फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘परियोजना निगरानी सूचना प्रणाली’ संचालनमा ल्याएको छ । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको कामबारे अन्तर्राष्ट्रिय दाताहरुलाईसमेत अनुगमन गर्न सहज हुने गरी ‘परियोजना निगरानी सूचना प्रणाली’ बुधबारबाट संचालनमा ल्याएको हो ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याइएको सेवाबाट पुनर्निर्माणको कामलाई अनुगमन गर्न सहज हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए । विश्वका विकसित मुलुकहरुले परियोजना अनुगमनका लागि प्रयोग गर्दै आएको यो सूचना प्रणालीमार्फत् पुनर्निर्माणको कामलाई विश्वको कुनै पनि कुनाबाट हेर्न सकिने विश्वास गरिएको छ । देशका विभिन्न भागमा भएका पुनर्निर्माणको कामलाई निगरानीमा राख्न पनि यो सूचना प्रणाली उपयोगी हुनेछ । यो प्रणालीले पुनर्निर्माणको कामलाई तीव्रता दिन सहयोग गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालको भनाई थियो ।

दाताहरुले आफूले दिएको बजेट पुनर्निर्माणको काममा सदुपयोग भयो, भएन भनेर हेर्न पनि यो सूचना प्रणालीलाई प्राधिकरणले संचालनमा ल्याएको हो । कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुले सोही ठाउँबाट त्यहाँ भएका कामको प्रगति विवरण सो सूचना प्रणालीमा अपलोड गर्नेछन । सोही सूचना संसारका कुनै पनि मुलुकमा बसेर हेर्न सकिने व्यवस्था गरिएको छ । अग्रेजी भाषामा सुरु गरिएको सूचना प्रणाली नेपाली भाषामा पनि संचालन गर्ने योजना रहेको छ ।

प्राधिकरणले सूचना प्रणालीको माध्यमबाट पुनर्निर्माणको कामले गति लिने विश्वास गरिएको छ । चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको कामलाई पूरा गर्ने योजना अनुसार काम भइरहेको प्राधिकरणको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);