सामुदायिक अध्ययन केन्द्रको निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

सामुदायिक अध्ययन केन्द्रको निर्माण अलपत्र

अछाम, ८ फागुन । अछामको ठुलासैन सामुदायिक अध्ययन केन्दको निर्माण अलपत्र भएको छ । निर्माण सुरु गरिएको ६ बर्षसम्म पनि अध्ययन केन्दको निर्माण सम्पन्न भएको छैन ।

२०६८ सालबाट जिल्लाकै नमुना अध्ययन केन्द्रको निमार्ण सुरु गरिएको थियो । तर पुरा बजेट निकासा नहुँदा अध्ययन केन्दको निर्माण अलपत्र भएको छ । जिल्ला विकास समितिले १८ लाखमा बनाउन लागेको भवनका लागि ४ लाख मात्र निकासा भएको छ ।

मंगलसैन नगरपालिकाले निर्माणका लागि थप ६ लाख छुट्टाएको छ ।  स्थानीयले सो अध्ययन केन्द्रको निर्माण छिटो सक्न माग गरेका छन् ।

ताजा समाचार