नेपाल–भारत सरकारबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धि सम्झौता संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

नेपाल–भारत सरकारबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धि सम्झौता संसदमा पेश

सरकारले नेपाल–भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धि सम्झौता संसदमा पेश गरेको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो सम्झौता सक्षा समक्ष पेश गर्नुभएको हो । नेपाल–भारतबीच २०८२ साल जेष्ठ ५ गते सो सम्झौता भएको थियो । कानूनमन्त्री गौतमले दुई मुलुकबीच फौजदारी अभियोगको अनुसन्धान, अभियोजनलगायतका न्यायिक विषयलाई कानूनी माध्यमबाट प्रभावकारी र सहज बनाउने मुख्य उद्देश्य राखी यो सम्झौता गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘दुई मुलुकबीच फौजदारी अभियोगको अनुसन्धान, अभियोजनलगायतका न्यायिक विषयलाई कानूनी माध्यमबाट प्रभावकारी र सहज बनाउने मुख्य उद्देश्य राखी यो सम्झौता गरिएको हो ।’
कानूनमन्त्री गौतमले सो सम्झौता संसदलाई जानकारी गराउन पनि सभामा पेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

ताजा समाचार