प्रदेश ४ मा एमालेका पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८१, शनिबार

प्रदेश ४ मा एमालेका पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त

पोखरा, २९ माघ । प्रदेश नम्बर ४ का एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले आज गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङ आइतबार मात्र संसदीय दलको नेता चुनिएका थिए । ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् ।

माओवादी केन्द्रको पनि समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् । गुरुङले बुधबार सपथ लिने जनाइएको छ । गुरुङले आजै आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै प्रदेश प्रमुखसमक्ष संसदको हस्ताक्षरसहित दाबी पत्र पेश गरेका थिए ।

गुरुङले एमालेका २७ र माओवादी केन्द्रको १२ गरी ३९ जनाको हस्ताक्षर पोखराको सहिद चोकमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);