पाँच दलले समानुपातिक सदस्यको नामावली आयोगलाई बुझाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २९ माघ । प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरुको नामावली निर्वाचन आयोगमा पेश गरेका छन् ।

दलहरुले आफूले पाएको सिटमा आयोगले तोके अनुसार समावेशी आधार मिलाएर निर्वाचित हुने उम्मेदवारको नामावली बुझाएका हुन् ।

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नाम छनोट गरी सिफारिस गर्न आयोगले तीन दिनको समय दिएको थियो ।

आज पेश गरिएका नामावलीलाई आयोगले समावेशी समूह र क्रम अनुसार मिले-नमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फका १ सय १० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६-६ सिट पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);